• 5:37 pm

नेपालले सेमिफाईनलमा यूएईसँग खेल्ने

प्रकाशित मिति

२०८० कार्तिक १६ गते, बिहीबार ०१:२९

कात्तिक १६, २०८० काठमाडौँ: टी–२० विश्वकप क्वालिफायर सेमिफाईनल खेलमा नेपालले यूएईको सामना गर्ने भएको छ । नेपालले समूह एको उप-विजेताका रूपमा समूह बीको विजेता यूएईसँग भिड्ने भएको हो।


आज भएको अन्तिम खेलमा नेपाल ओमानसँग पाँच रनले हारेर समुह उपबिजेता बनेको थियो । अर्को खेलमा हङकङलाई २२ रनले हराउँदै युएई समूह बी को विजेता बन्यो ।


नेपालले मुलपानी मैदानमा शुकबार सेमिफाइनल खेलमा युएईसँग खेल्नेछ । उक्त खेलमा विजयी भएमा नेपालले २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकप खेल्न पाउनेछ ।

प्रतिकृया