• १० असोज २०८३, शनिबार
  • ४ः२१ बेलुका

कतार सरकारमार्फत् कुरा गरेर विपिन जोशीलाई उद्धार गर्नुपर्छ: विश्वप्रकाश शर्मा

प्रकाशित मिति

२०८० कार्तिक १६ गते, बिहीबार ०१:२९

कात्तिक १६, २०८० काठमाडौँ: नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले हमासको नियन्त्रणमा रहेका नेपालका विपिन जोशीलाई उद्धारका लागि गम्भीर पहलकदमी गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

National Life

इसरायल पढ्न गएका नेपाली विद्यार्थी जोशी बेपत्ता छन्। जोशी हमासको नियन्त्रणमा रहेको इसरायलले नेपाल सरकारलाई पठाएको पत्रमा उल्लेख छ।


‘नेपाली विद्यार्थी विपिन जोशी हमासको नियन्त्रणमा रहेको पुष्टि भएको छ। कतार सरकारमार्फत् कुरा गरेर उनलाई उद्धार गर्न सकिने सम्भावना औंल्याइएका छन्। यो प्रक्रियामा गम्भीर पहलकदमी गर्न सभामुखमार्फत प्रधानमन्त्री र परराष्ट्र मन्त्रीको ध्यानाकर्षण गराउँदछु,’ महामन्त्री शर्माले बिहीबार प्रतिनिधि सभा बैठकमा भने।

Classic Tech Mobile
Classic Tech Desktop

महामन्त्री शर्माले झापाको काकरभिट्टा नाका सुचारू गर्ने व्यवस्था मिलाउन पनि सरकारसँग आग्रह गरेका छन्।


‘सरकारले अविलम्ब भारत सरकारसँग संवाद गरेर काकरभिट्टा नाका सुचारू गर्ने व्यवस्था मिलाउन म सभामुखमार्फत् नेपाल सरकारलाई आग्रह गर्दछु,’ उनले भने।

प्रतिकृया