• ९ असोज २०८३, शुक्रबार
  • २ः०६ दिउँसो

आईसीसी टी–२० : मलेसिया ६ विकेटले पराजित

प्रकाशित मिति

२०८० कार्तिक १४ गते, मंगलवार ०४:२७

कात्तिक १४, २०८० काठमाडौँ: आईसीसी टी–२० विश्वकप एसिया छनोट क्रिकेटमा ब्याट्सम्यान कुशल मल्ल र कुशल भुर्तेलको विष्फोटक ब्याटीङका कारण नेपालले सानदार जीत हात पारेको छ ।

National Life

मलेसियाले नेपालसामू जितका लागि १ सय ६६ रनको चुनौती पछ्याउने क्रममा ३४ बलमा मल्लले सात वटा छक्का र दुई चौकाको मद्धतमा ६ रन बनाए भने भुर्तेलले ४३ रन बनाएका थिए।


सोमबार सिंगापुरविरुद्ध उनले एक बलमा छक्का हान्दै खेल सकेका थिए। भुर्तेलले २५ बलमा चार चौका र चार छक्का प्रहार गरे। भुर्तेलले सोमबार सर्वाधिक ७४ रन बनाएका थिए। सिंगापुरविरुद्ध उनले ४८ बल खेलेका उनले ८ चौका र २ छक्का प्रहार गरेका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

यस्तै आशिफ सेख ३२ रन बनाएर आएट भए। उनले २३ बलमा ३२ रन आउट भएका हुन्।उनले एक चौका र दुई छक्का हाने।


कप्तान रोहित पौडेल ८ बलमा दुई रन बनाएर आउट भए। त्रिवि क्रिकेट मैदान किर्तीपुरमा टस जितेर पहिला ब्याटिङमा आएको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६५ रन बनाएको हो।


आक्रामक सुरुवात गरेको मलेसियाले पाँच ओभरमा बिना क्षति ५४ रन बनाएको थियो। छैटौं ओभरमा मलेसियाको पहिलो विकेट खसेको थियो। त्यसपछि मलेसियाको आक्रामक ब्याटिङमा नेपालले नियन्त्रण गरेको थियो।

प्रतिकृया