• २२ भदौ २०८३, सोमबार
  • ११ः०१ बिहान

हलिउड अभिनेता म्याथ्यु पेरीकाे निधन

प्रकाशित मिति

२०८० कार्तिक १२ गते, आईतवार ०१:५५

कात्तिक १२, २०८० काठमाडौँ: हलिउड तथा क्यानेडियन अभिनेता म्याथ्यु पेरीको निधन भएको छ । ५४ वर्षिय पेरी आफ्नै घरमा मृतक भेटिएका थिए। शनिबार लस-एन्जलसस्थित घरको बाथटबमा डुबेर उनको मृत्यु भएको हो ।

National Life

सिएनएनका अनुसार लस-एन्जलस प्रहरीले अभिनेता पेरीको मृत्युको अनुसन्धान गरिरहेको छ । वार्नर ब्रदर्सले एक विज्ञप्ति जारी गर्दै लेखेकाे छ, ‘हाम्रा प्रिय साथी म्याथ्यू पेरीको निधनले हामी मर्माहत भएका छौं। म्याथ्यू एक अविश्वसनीय रूपमा प्रतिभाशाली अभिनेता र वार्नर ब्रदर्स टेलिभिजन समूह परिवारको एक अमिट भाग थिए। उनको हास्य प्रतिभाको प्रभाव संसारभरि महसुस गरिएको थियो। उनको विरासत धेरैको हृदयमा बाँच्नेछ। यो एक हृदयविदारक दिन हो। हामी उहाँको परिवार, उहाँका प्रियजनहरू र उहाँका सबै समर्पित प्रशंसकहरूलाई हाम्रो माया पठाउँछौं।’


उनले सन् १९७९ मा ‘२४० रोबर्ट’ मार्फत आफ्नो अभिनय यात्रा सुरूवात गरेका थिए। यस टिभी शोमा उनले सानो भूमिका निर्वाह गरेका थिए । त्यसपछि उनले ‘नट नेसेसरीली द न्यूज, चाल्र्स इन चार्ज, सिल्भर स्पुन्स, हाइवे टु हेभन र द ट्रेसी उलम्यान शो’ लगायतमा काम गरेका छन् ।

Classic Tech Desktop

उनले सन् १९९४ मा ‘फ्रेन्ड्स’ सिरिजमा अभिनय गरे। यसै सिरिजले उनलाई चर्चा दिलाएको थियो ।

प्रतिकृया