• 10:45 pm

विश्वकपमा क्वालियफायर हुनु एकमात्र लक्ष्यः कप्तान पौडेल

प्रकाशित मिति

२०८० कार्तिक १२ गते, आईतवार ०१:१५

कात्तिक १२, २०८० काठमाडौँ: नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले टि २० विश्वकपमा क्वालियफायर हुनु नै आफुहरुको एकमात्र लक्ष्य रहेको बताउनुभएको छ । भोलि (सोमबार)देखि काठमाडौंमा सुरु हुने टी २० विश्वकप एसिया छनोट खेलबारे जानकारी दिन आइतबार कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमना उहाँले यस्तो बताउनुभएको हो । उहाँले पछिल्ला ६ महिना यता ब्याटिङ राम्रो भएको बताउनु भयो । उहाँले पहिलाको कुरालाई बिर्सिएर मुख्य लक्ष्य अब आउने खेलमा लगाएको बताउनु भयो । उहाँले क्वालियफायर घरेलु मैदानमा भएको र आफूहरुले ठूलो अवसरको रुपमा लिएको जानकारी दिनुभयो । उहाँले कुनैपनि टिमलाई सहज रुपमा नलिएको र क्वालिफाइ हुने आफूहरुको लक्ष्य रहेको भनाइ व्यक्त गर्नुभयो । सबै खेलाडीहरुले आफूहरुको अनुभव प्रदर्शन गरेर विश्वकपमा छनोट हुनुपर्ने बताउनु भयो ।


त्यस्तै, प्रशिक्षक मोन्टी देसाईले कुनैपनि टिमले विपक्षी टिमलाई कमजोर आँक्न नहुने बताउनु भयो । उहाँले नेपाली टिम लयमा रहेकाले आफ्ना कमजोरीलाई सुधार गर्दै अघि बढ्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले एकपटकमा एउटा खेलको रणनीतिका साथ अघि बढ्ने बताउनु भयो । उहाँले आफ्ना लागि सबै खेल महत्त्वपूर्ण रहेको औंल्याउनुभयो ।


कीर्तिपुर र मुलपानी क्रिकेट मैदानमा हुने विश्वकप छनोट यही कात्तिक १३ देखि १९ गतेसम्म आयोजना हुँदैछ । नेपाल रहेको समूह ए मा सिंगापुर, ओमान र मलेसिया छन् । समूह बी मा युएई, बहराइन, हङकङ र कुवेत छन् । छनोटको पहिलो खेलमा नेपालले कात्तिक १३ गते सिंगापुरसँग टियु मैदानमा खेल्नेछ ।

प्रतिकृया