• ९ असोज २०८३, शुक्रबार
  • १ः३६ दिउँसो

गुल्सनले लिए नेपालका लागि तेस्रो विकेट

प्रकाशित मिति

२०८० कार्तिक १ गते, बुधबार ०१:५४

कात्तिक १, २०८०, काठमाडौं: नेपाल त्रिदेशीय शृङ्खलाको पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध नेपालका गुल्सन झाले तेस्रो सफलता दिलाएका छन् । मुलपानीस्थित माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर फिल्डिङमा आएको नेपालले सातौँ ओभरको पहिलो बलमा तेस्रो विकेट लिएको हो ।

National Life

नेपालका गुल्सनले गरेको बलमा यूएईका मुहम्मद वसिम कुशल भुर्तेलबाट क्याच भए । वसिम १७ रन बनाएर आउट भए ।


जारी खेलको सात ओभर समाप्त हुदा यूएईले तीन विकेट गुमाएर ३८ रन बनाएको छ । यसअघि नेपालका लागि पहिलो विकेट सोमपाल कामीले पहिलो ओभरमै लिएका थिए । यस्तै करण केसीले दोस्रो सफलता दिलाएका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया