• २ असोज २०८३, शुक्रबार
  • ४ः२२ बेलुका

सिटिजन्स बैंकको ऋणपत्रको म्याद थप

प्रकाशित मिति

२०८० आश्विन २१ गते, आईतवार ११:०७

असोज २१, २०८० काठमाडाैं : सिटिजन्स बैंक लिमिटेडले खुला गरेको ऋणपत्रको म्याद कार्तिक १ सम्मलाई थपेको छ। माग अनुसार आवेदन नपरेपछि बैंकले ऋणपत्र बिक्रिको म्याद थपेको हो। असोज १७ गते देखि खुला भएको ऋणपत्र अब कार्तिक १ गते सम्म खुल्ने छ। बैंकले १० वर्ष अवधिको वार्षिक १० प्रतिशत ब्याजदरमा ‘१० प्रतिशत सिटिजन्स बैंक डिबेन्चर २०९०’ निष्काशन गरेको हो।

National Life

बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। जसमध्य ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई निष्काशन गरिएको हो। सर्वसाधारण मध्यमा ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ।


यस ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्।

Classic Tech Mobile
Classic Tech Desktop

धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरु तथा ” मेरो सेयर”प्रयोग गरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ। ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।


क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग त्रिपल बी प्लस प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्दछ।


ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्थवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गरिनेछ।

प्रतिकृया