• ३ असोज २०८३, शनिबार
  • १०ः४७ बिहान

मलेखुमा ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु

प्रकाशित मिति

२०८० आश्विन १७ गते, बुधबार ११:२८

असोज १७, २०८० मलेखु : धादिङको गजुरी गाउँपालिका-२ मलेखुस्थित मजुवामा ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु भएको छ । सिद्धलेक गाउँपालिका-६ का निर्मल श्रेष्ठ र सञ्जीव श्रेष्ठको ट्रकको ठक्करबाट घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय, धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए।

National Life

काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको प्रदेश ०२-००१ख ६४१३ नम्बरको ट्रकले बुधबार बिहान दुवैजनालाई ठक्कर दिएको थियो । मृतक दुवै बालक बागेश्वरी माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यनरत थिए ।


घटनापछि स्थानीयले क्षतिपूर्तिको माग गर्दै पृथ्वीराजमार्गको मलेखु क्षेत्रमा यातायात बन्द गराएका छन्। ट्रक चालक रौतहटको चन्द्रपुर नगरपालिका-२ का ४१ वर्षीय अशोक बम्जनलाई प्रहरीले नियन्त्रण लिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया