• २ असोज २०८३, शुक्रबार
  • ६ः२९ बिहान

नेपालगन्जको विवाद वार्ताद्वारा समाधान गर्न संघको आग्रह

प्रकाशित मिति

२०८० आश्विन १७ गते, बुधबार ११:३४

असोज १७, २०८० काठमाडौँ: नेपालगन्ज उद्योग वाणिज्य संघले नेपालगन्जमा देखिएको समस्या वार्ताको माध्यमबाट समाधान गर्न सम्बद्ध सबैसँग आग्रह गरेको छ । संघका अध्यक्ष टंकबहादुर धामीले मंगलबार विज्ञप्ती जारी गर्दै नेपालगन्जमा धार्मिक सद्भाव कायम राख्न र सम्भावित धार्मिक र साम्प्रदायिक दंगा भड्किने खतराबाट जोगिन सबै समुदायसँग अपिल गरेका छन् ।

National Life

विज्ञप्तीमा भनिएको छ, ‘नेपालगन्जमा हिन्दु–मुस्लिम समुदायबीचको धार्मिक र साम्प्रदायिक दंगा भड्किन सक्ने र शान्ति सुरक्षा खलबलिन सक्नेतर्फ संवेदनशील हुँदै संयमता अपनाउन एवं सामाजिक सद्भाव कायम राख्न संघ सम्बद्ध सबै समुदायसँग अपिल गर्दछ । साथै एकापसमा देखिएका विमतिहरुलाई वार्ताको माध्यमबाट समाधान खोज्न सबै पक्षलाई आग्रह गर्दछ ।’


संघले कुनै पनि बाहानामा धर्म र आस्थाका नाममा एक अर्काप्रति घृणा र द्वेष फैलाउने तथा फरक धर्म र सम्प्रदायप्रति चोट पुग्ने गतिविधिहरु नगर्न र संयमता अपनाउन पनि आग्रह गरेको छ । सामाजिक सद्भाव कायम गर्नु, गराउनु सबै नागरिकको कर्तव्य भएको बताउँदैै यस्तो संवेदनशील घडीमा धार्मिक सद्भाव विथोलेर जनतालाई भड््काउन र लडाउन अपराधिक तत्व सक्रिय हुन्छन् । त्यस्ता प्रवृत्तिबाट जोगिन पनि नगरवासीमा संयमताको खाँचो रहेको उल्लेख छ । संघले स्थानीय प्रहरी प्रशासनलाई पनि नागरिकको शान्ति, सुरक्षा र जिउज्यानको रक्षाका लागि आग्रह गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया