महिला फुटबल र बास्केटबलमा नेपालले आज जापानसँग खेल्दै

प्रकाशित मिति

२०८० आश्विन ८ गते, सोमबार ११:०२

basket

काठमाडौं । १९औं एसियाडअन्तर्गत आज नेपालको महिला फुटबल र बास्केटबल टिमले जापानसंग खेल्दैछ । महिला फुटबलको समूह डी मा रहेको नेपाल र जापानबीचको खेल वेन्झोउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा हुनेछ ।


यही संस्करणमा एसियाडमा डेब्यु गरेको नेपाली महिला फुटबल टिम यसअघि पहिलो खेलमा भियतनामसँग २–० ले पराजित भएको थियो । नेपालले महिला विश्वकप उपाधि जितिसकेको जापानसँग एसियाडमा पहिलो पटक खेल्न लागेको हो ।

प्रतिकृया