• २८ भदौ २०८३, आइतबार
  • ५ः०५ बिहान

जनमुक्ति सेनाको विशेष टुकडीद्वारा प्रधानमन्त्री प्रचण्डलाई ‘गार्ड अफ अनर’

प्रकाशित मिति

२०८० आश्विन ८ गते, सोमबार १०:५४

असोज ८, २०८० बेइजिङ : छिमेकी मित्रराष्ट्र चीनको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ग्रेट हल अफ दि पिपलमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ । प्रधानमन्त्री दाहाललाई चीनको राष्ट्रिय जनमुक्ति सेनाको विशेष टुकडीले आज ‘गार्ड अफ अनर’ प्रदान गरेको हो ।

National Life

त्यसअघि प्रधानमन्त्री दाहाललाई उनका चिनियाँ समकक्षी लि छ्याङले ग्रेट हल अफ दि पिपलमा स्वागत गरेका थिए। त्यसपछि नेपाल–चीनबीच प्रधानमन्त्रीस्तरीय भेटवार्ता भएको थियो।

प्रतिकृया