• ९ असोज २०८३, शुक्रबार
  • ४ः०५ बेलुका

एसिया कपमा आज भारत र पाकिस्तान खेल्दै

प्रकाशित मिति

२०८० भाद्र २४ गते, आईतवार ०८:१७

भदौ २४, २०८० काठमाडौँ : एसिया कपमा आज भारत र पाकिस्तान खेल्दै छन्। श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा नेपाली समय अनुसार आज अपराह्न सवा तीन बजेदेखि खेल सुरू हुनेछ।

National Life

भारत-पाकिस्तानको आजको खेल सुपर फोर अन्तर्गतको खेल हो। आजको खेल पूरा ओभर खेलाउनका लागि ‘रिजर्भ डे’ राखिएको छ।


यसअघि समूह चरणमा भारत-पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द भएको थियो। चिर परिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान चार वर्षपछि एकदिवसीय क्रिकेटमा आमनेसामने भएका हुन्।

Classic Tech Mobile
Classic Tech Desktop

सन् २०१९ को एकदिवसीय विश्वकपमा भारत र पाकिस्तान भिडेको पछिल्लो एकदिवसीय खेल हो। सो खेलमा भारत डिएल मेडथमा ८९ रनले विजयी भएको थियो।


त्यसपछि भारत र पाकिस्तान टी-२० खेलमा मात्र प्रतिस्पर्धा गरेका थिए। सुपर फोरमा पाकिस्तानले दोस्रो खेल खेल्दैछ। यसअघि बुधबार बंगलादेशलाई ७ विकेटले हराएर पाकिस्तानले सुपर फोरमा सुखद सुरुवात गरिसकेको छ।


सुपर फोर अन्तर्गत हिजो भएको खेलमा पनि बंगलादेश श्रीलंकासँग २१ रनले पराजित भएको थियो। सुपर फोरबाट शीर्ष स्थानमा पुग्ने २ टिमले उपाधिका लागि भिड्नेछ्न्। भारतविरूद्धको खेलका लागि पाकिस्तानले शनिबार नै टिम घोषणा गरिसकेको छ।


पाकिस्तान टिममा बाबर आजम (कप्तान), शादब खान (उपकप्तान), फखर जमन, इमाम उल हक, सलमान अलि अघ, इफ्तिखर अहमद, मोहम्मद रिजवान, फहिम असरफ, नसीम शाह, शाहिन शाह अफ्रिदी र हरिश रौफ छन् ।


भारतले टिम घोषणा गरिसकेको छैन। उसले केएल राहुललाई आजको खेलमा समावेश गर्ने चर्चा छ।

प्रतिकृया