• 8:39 pm

सुनचाँदीको मूल्य वृद्धि, तोलाको कति पुग्यो ?

प्रकाशित मिति

२०८० भाद्र १८ गते, सोमबार ११:५१

भदौ १८, २०८० काठमाडौँ: नेपाली बजारमा सोमबार पनि सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा यो दिन सुनको भाउ प्रतितोला ४०० रुपैयाँले बढेको हो ।


आइबार छापावाल सुनको भाउ प्रतितोला १ लाख १२ हजार ६ सय रुपैयाँ रहेकोमा सोमबार बढेर १ लाख १३ हजार रुपैयाँ पुगेको हो । त्यस्तै, यसअघि तेजावी सुन १ लाख १२ हजार ५० रुपैयाँमा कारोबार भएकोमा आज घटेर १ लाख १२ हजार ४ सय ५० रुपैयाँमा कारोबार हुने भएको छ ।


यता, चाँदीको मूल्य भने प्रतितोला पाँच रुपैयाँले बढेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीलाई आज १ हजार ४ सय ६५ रुपैयाँ पर्नेछ ।

प्रतिकृया