• ११ असोज २०८३, आइतबार
  • ९ः३३ राती

कांग्रेसकाे केन्द्रीय कार्यालयमा बिपी महोत्सवका सन्दर्भमा विभिन्न बैठकहरु सम्पन्न

प्रकाशित मिति

२०८० भाद्र १८ गते, सोमबार १२:०७

भदौ १८, २०८० काठमाडौँ : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आयोजनामा २०८० भाद्र २४, २५ र २६ गते सम्पन्न हुने बिपी साहित्य महोत्सवको तयारीका लागि तयारी समितिका संयोजक सहमहामन्त्री बद्री पाण्डेको अध्यक्षतामा क्रमशः सचिवालय र तयारी समितिको बैठक बस्यो ।

National Life

बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले महोत्सवको समग्र उद्देश्य, महत्व र विस्तृत कार्यक्रमका बारेमा प्रकाश पार्नु भयो ।


यसै सिलसिलामा महोत्सवलाई प्रभावकारी बनाउन सूचना, संचार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माको अध्यक्षतामा प्रचार विभागको बैठक बस्यो । बैठकमा प्रचार प्रसारको क्षेत्रमा आज सम्म भएको तयारी बारे जानकारी दिंदै महोत्सवका बारेमा विस्तृत कार्यतालिका सहित जानकारी दिन भोलि २०८० भाद्र १८ गते सोमबारका दिन दिउँसो ३ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बिपी नगर, ललितपुरमा पत्रकार सम्मेलनको आयोजना गर्ने निर्णय गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया