• ९ असोज २०८३, शुक्रबार
  • ९ः५४ बिहान

एसिया कप : भारत र पाकिस्तान बीच प्रतिस्पर्धा हुँदै

प्रकाशित मिति

२०८० भाद्र १६ गते, शनिबार ११:५३

भदौ १६, २०८० काठमाडौँ: एसिया कपको आजकाे खेलमा भारत र पाकिस्तान बीच प्रतिस्पर्धा हुँदै छ । सर्वाधिक सफल टोली भारतले औपचारिक रूपमा जारी संस्करणको एसिया कपको सुरुवात शनिबारबाट सुरु श्रीलंकाको केन्डी गर्दै छन्।

National Life

यी दुई टिम ४ वर्षपछि एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा प्रतिस्पर्धा हुन लागेको हो। दुई टिमबीच एकदिवसीय अन्तर्राष्ट्रियमा पछिल्लो पटक २०१९ को विश्वकपमा प्रतिस्पर्धा भएको थियो।


भारतीय टिमले सर्वाधिक धेरै ७ पटक एसिया कपको उपाधि जितेको छ। वर्तमान कप्तान रोहित शर्माले आफ्नो कप्तानीमा २०१८ पछिल्लो पटक टिमलाई एसिया कपको उपाधि दिलाएका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

आज दिउँसो ३:१५ बजे सुरु हुने खेल भारतका लागि पहिलो हो। पाकिस्तानले भने नेपाललाई पराजित गर्दै एसिया कपमा राम्रो सुरुवात गरिसकेको छ।


पाकिस्तानले भारत विरुद्ध पनि एकदिन अगाडि नै प्लेइङ ११ घोषणा गरिसकेको छ। भारतीय टिमले भने टसको समयमा आफ्नो अन्तिम ११ सार्वजानिक गर्ने छ। फरक-फरक वेदर वेबसाइटलाई आधार मान्ने हो भने शनिबार खेलको समयमा बादल छाउने छ। साथे खेलमा वर्षाको सम्भावना ८४ प्रतिशत रहेको छ।


समग्र भारत र पाकिस्तानबीच कुल १३२ एकदिवसीय खेल भएको छ। भारतले ५५ खेलमा जित निकाल्दा पाकिस्तानले ७३ खेलमा जित हासिल गरेको छ। ४ खेल नतिजाविहीन रहेको छ।


एकदिवसीय एसिया कपमा पछिल्लो पटक २०१८ मा यी दुई टिम भिडेका थिए। जतिबेला दुई खेल भएको थियो र दुबै खेलमा भारत विजयी भएको थियो।


एसिया कपमा यी दुई टिमबीच कुल १३ खेल भएका छन् जसमा भारतले ७ खेलमा जित निकाल्दा पाकिस्तानले ५ खेल जितेको छ।

प्रतिकृया