• 8:19 am

आज कुन-कनु स्थानमा विद्युत् आपूर्ति बन्द हुने ?

प्रकाशित मिति

२०८० भाद्र १६ गते, शनिबार ११:२०

भदौ १६, २०८० काठमाडौँ: नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा साढे आठ घण्टासम्म विद्युत् आपूर्ति बन्द हुनसक्ने जनाएको छ।


विद्युत् प्राधिकरणले काठमाडौँका रत्नपार्क र कुलेश्वर तथा ललितपुरका पुल्चोक र लगनखेल वितरण केन्द्रअन्तर्गत पर्ने फिडरबाट आपूर्ति हुँदै आएको बिजुली आज बिहान १० बजेदेखि साँझ ६ः३० बजेसम्म प्रभावित हुनसक्ने जनाएको छ ।


हाल टेकु सवस्टेसनको स्तरोन्नति गरी टेकु–स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्ने कार्य भइरहेकाले विद्युत् आपूर्ति प्रभावित हुने प्राधिकरणले जनाएको छ । विद्युत् आपूर्ति सकेसम्म कम प्रभावित होस् भनेर सबै फिडरमा वैकल्पिक व्यवस्थासमेत गरिएको प्राधिरकरणले जनाएको छ।

प्रतिकृया