• १० असोज २०८३, शनिबार
  • ८ः५० राती

नेपाली क्रिकेट टीमलाई प्रधानमन्त्री प्रचण्डले दिए शुभकामना

प्रकाशित मिति

२०८० भाद्र १३ गते, बुधबार १२:२५

भदौ १३, २०८० काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली क्रिकेट टीमलाई जीतका लागि शुभकामना दिएका छन्। आज बुधबार बिहान नेपाली टीमसँग भर्चुअल बैठक गर्दै प्रधानमन्त्री प्रचण्डले जीतका लागि शुभकामना व्यक्त गरेका हुन्।

National Life

एसिया कप क्रिकेटका लागि पाकिस्तान पुगेका नेपाली क्रिकेट टीमसँग शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले प्रतियोगितामा नेपालले राम्रो नतिजा निकाल्ने विश्वास व्यक्त गर्दै खेल क्षेत्रक‍ो विकास र खेलाडीहरूको हितका निम्ति आफूले हमेसा ध्यान दिएको बताए।


भर्चुअल बैठकमा नेपाली टीमका क्याप्टेन रोहित पौडेलले टोलीले राम्रो तयारी गरिरहेको र त्यहीअनुसार प्रतिस्पर्धामा प्रस्तुति रहने प्रधानमन्त्रीलाई जानकारी गराए।

Classic Tech Mobile
Classic Tech Desktop

पाकिस्तानको मुल्तानमा नेपालले बुधबार एसिया कप क्रिकेटमा डेब्यु गर्दैछ। मुल्तान क्रिकेट रंगशालामा घरेलु टोली पाकिस्तानसँग खेल्दै नेपालले एसिया कपमा डेब्यु गर्न लागेको हो।

प्रतिकृया