एसिया कप सुरु हुनुअघि नै बंगलादेशलाई झट्का
प्रकाशित मिति
२०८० भाद्र १३ गते, बुधबार १२:४२

भदौ १३, २०८० काठमाडौँ: क्रिकेट एसिया कप आज (बुधबार) पाकिस्तानमा सुरु हुँदै छ । त्यहाँको मुल्तान रंगशालामा हुने उद्घाटन खेलमा नेपाल र पाकिस्तान भिड्दै छन् ।
यसैबीच बुधबार बिहान बंगलादेशका विकेटकिपर ब्याट्सम्यान लिट्टन दास एसिया कप खेल्न नसक्ने खबर सार्वजनिक भएको छ । लिटनलाई ज्वरो आइरहेकाले नखेल्ने भएका हुन् । स्वास्थ्य खराब भएकै कारण उनी पहिलो खेल खेल्न श्रीलंका पनि जान पाएनन् ।
लिटनको स्थानमा अनामुल हक विजयलाई टोलीमा समावेश गरिने भएको छ । विजयले ४४ एकदिवसीय खेलमा १२५४ रन बनाएका छन्। यसमा तीन सय पनि पर्छन् ।
एसिया कपमा बंगलादेश अगस्ट ३१ मा श्रीलंकासँग खेल्दै छ ।
प्रतिकृया