• 9:29 pm

माछापुच्छ्रे बैंकको लाभांश घोषणा

प्रकाशित मिति

२०८० भाद्र १३ गते, बुधबार ११:५९

भदौ १३, २०८० काठमाडौँ : माछापुच्छ्रे बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ। बैंकको आज भदौ १३ गते बिहान बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को लाभांश प्रस्ताव गरेको हो। बैंकले हाल कायम चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरि कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।


उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ।

प्रतिकृया