• ११ असोज २०८३, आइतबार
  • ५ः३१ बेलुका

आजको मौसम आंशिकदेखि सामान्य बदली रहने

प्रकाशित मिति

२०८० भाद्र १३ गते, बुधबार ०८:३२

भदौ १३, २०८० काठमाडौँ : हाल देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको जनाएको छ।

National Life

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।


यस्तै, राती भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा र बाँकी भूभागको एकदुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

देशका पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।


यी क्षेत्रहरूबाट बहने नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिकृया