दशौं ‘नेपाल भर्चुअल एजु फेयर’ शुरु

प्रकाशित मिति

२०८० भाद्र १२ गते, मंगलवार ०४:२०

IMG a03aa1c1b1d0103f39f8cec75acaaf47 V 1 e1693305286420

भदौ १२, २०८० काठमाडौँ : नेपाल भर्चुअल एजुकेशन प्रा. लि.ले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि आज वाट ‘नेपाल भर्चु अल एजु फेयर’ शुरु गरेको छ। स्नातक तहका व्यवस्थापन आईटी, इन्जिनियरिङ लगायतका विभिन्न विभागका प्रोग्रामहरु संचालन गरेका कलेजहरूले भर्चुअल एजुफेयर मार्फत आफ्नो कलेजको प्रमोसन गर्ने अवसर पाएका छन्न भने स्नातकतहमा पढ्ने तयारी गरेका, +2 पास भएका विद्यार्थीहरूले कुन प्रोगाम र कुन कलेज आफ्नो लागि उपयुक्त हुन्छ भनेर घरमै बसीबसी भर्चुअल टुरमार्फत जानकारी प्राप्त गर्ने अवसर प्राप्त गर्ने छन्।


साथै नेपाल एजुफेयरमा रजिस्ट्रेशन भएका विद्यार्थीहरूले विभिन्न कलेजहरूमा पूर्ण र आंशिक दुवैखालको छात्रवृत्ति समेत प्राप्त गर्न सक्ने अवसर पनि रहेको कुरा नेपाल भर्चुअल एजुफेयर संचालकका एकेडेमिक हेड राजेन्द्र प्रसाद अधिकारीले जानकारी गराए । उनका अनुसार विगतका वर्षहरूमा आर्थिक रूपमा विपन्न तर पढाइमा राम्रो गरेका जेहन्दार अनि विभिन्न क्षेत्र, जात र समुदायका सयौं विद्यार्थीहरूले एजुफेयरको सहयोगवाट छात्रवृत्ति प्राप्त गर्न सकेका थिए।


नेपाल भर्चुअल एजुफेयरको वेभसाइटमा आवद भएका कलेजहरूको बारेमा www.nepaledufair.com मा क्लिक गरेर विस्तृत जानकारी लिन सकिन्छ।

प्रतिकृया