• 7:09 pm

आजको मौसम सामान्य बदली रहने

प्रकाशित मिति

२०८० भाद्र १२ गते, मंगलवार ०८:४६

भदौ १२, २०८० काठमाडौँ : हाल कोशी, मधेश बागमती प्रदेशमा सामान्य बदली तथा बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।


दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशका पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।


राती देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू–भागको थोरै स्थानहरूमा र बाँकी भू–भागको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमान गरिएको छ।


हाल मनसुनको न्यून चापीय रेखा सरदको स्थानभन्दा उत्तरमा अवस्थित रहे पनि केही दिन भारी भारी वर्षाको सम्भावना भने नरहेको महाशाखाको भनाइ छ।

प्रतिकृया