• २३ भदौ २०८३, मंगलबार
  • ८ः३७ राती

सिटिईभीटीले लिने प्रवेश परीक्षा सम्पन्न

प्रकाशित मिति

२०८० भाद्र ९ गते, शनिबार ०३:०३

भदौ ९, २०८० काठमाडौँ : प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) परीक्षा नियन्त्रण कार्यालयले शैक्षिक सत्र २०८०/८१ मा प्राविधिक शिक्षा अध्ययनका लागि लिने प्रवेश परीक्षा सम्पन्न भएको छ। सिटिइभिटीबाट सम्बन्धन स्वीकृती लिएर सञ्चालन हुदै आएका शिक्षण संस्थामा डिप्लोमा तथा प्रमाणपत्र तह स्वस्थ्य तर्फका विभिन्न ११ बटा कार्यक्रमहरुको पूर्णशूल्किय तर्फ अध्ययनका लागि प्रवेश परीक्षा सम्पन्न गरेको हाे।

National Life

आज लिईएको परीक्षामा कुल आवेदक ३१३४७ मध्ये ८५ प्रतिशत परीक्षार्थीहरु प्रवेश परीक्षामा सहभागी भएकाे परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । देशका विभिन्न ४२ जिल्लामा ८३ वटा परीक्षा केन्द्रहरु कायम गरी लिईएको परीक्षा शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न भएको छ ।


आज सञ्चालन भएको प्रवेश परीक्षाबाट १५६०० जना परीक्षार्थीले नर्सिङ्ग फार्मेसी सामान्य चिकित्सा लगायतका स्वास्थ्य्य समुहका विभिन्न विषयहरुमा अध्ययन गर्ने अवसर पाउनेछन्। यस अघि मिति २०८० भाद्र २ गते शनिवार बर्गिकृत निशूल्क छात्रबृत्ति तर्फको परीक्षा सञ्चालन र भाद्र ६ गते वुधवारका दिन स्वास्थ्य समुह वाहेक कृषि र बन ईन्जिनियरिङ्ग र होटल व्यवस्थापन तर्फका कार्यक्रमहरुको लागि प्रवेश परीक्षा सञ्चालन भै नतिजा प्रकाशनको क्रममा रहेको परीक्षा नियन्त्रक प्रमोदभक्त आचार्यले जानकारी दिए।

Classic Tech Mobile
Classic Tech Desktop

आज लिएको परीक्षाको नतिजा समेत सम्बन्धित प्रदेश कार्यलयले १० दिन भित्र सम्पन्न गर्ने गरी प्रदेश कार्यालयलाई अधिकार दिईएको समेत नियन्त्रक आचार्यले बताए ।


एसईईको नतिजा प्रकाशनको लगत्तै असार २८ र २९ गते प्रवेश परीक्षाका लागि सूचना प्रकाशन गरी श्रावण २० गते २६ गतेका लागि तोकिएको परीक्षाको मिति पटक पटक संसोधन गरी भाद्र ९ गते मात्र सम्पन्न गरिएको हाे । परिषद्ले सञ्चालन गर्ने स्वस्थ्य तर्फका कार्यक्रमहरुमा चिकित्सा शिक्षा आयोगसँग कोटा निर्धारण गरी सिटिईभीटीबाट प्रवेश परीक्षा सञ्चालन गर्नु पर्नेमा यस पटक कोटा निर्धारण नहुदै परिषद् कार्यालयले प्रवेश परीक्षाको लागि सूचना प्रकाशित गरेका कारणले यि दुई निकायहरु बीच विवाद सिर्जना भएको थियो। परिषद् कार्यालयबाट भर्नाका लागि आब्हान गरीएका शैक्षिक संस्थाहरु मध्ये ४५ बटाको सिट निर्धारण हुन सकेको थिएन । यस सम्बन्धमा शिक्षा विज्ञान तथा प्राविधिक मन्त्रालयले समन्वय गरी दुई निकाय बीच देखिएका विवादलाई सुल्झाइ परीक्षा लगायत भर्ना प्रकृया अगाडी बढाउन निर्देशन दिए पश्चात प्रवेश परीक्षा सम्पन्न भएको हो ।

प्रतिकृया