विज्ञापन व्यवसायी उजय शाक्य सिंगापुरमा एसियाज मोस्ट एड्मायर्ड लिडर उपाधिबाट सम्मानित

प्रकाशित मिति

२०८० भाद्र ६ गते, बुधबार १२:१४

1 5 e1692772152627

भदौ ६, २०८० काठमाडौँ : आउटरिच नेपालका संस्थापक उजय शाक्यलाई सीएमओ एसिया अवार्डको १४औं संस्करणमा ‘एशियाज मोस्ट एडमायर्ड मार्केटिङ लिडर’ को सम्मान प्रदान गरिएको छ । उक्त कार्यक्रम गत बिहीवार प्यान प्यासिफिक सिंगापुरमा आयोजना भएको थियो।


वर्ल्ड फेडेरेसन अफमार्केटिङ प्रोफेशनल्सबाट समर्थन प्राप्त सीएमओ एसियाले मार्केटिङको क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल गर्ने मार्केटरलाई सम्मान गर्दै आएको छ । शाक्यलाई नेपालको विज्ञापन बजारलाई व्यावसायिक बनाउन उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै संस्थाले सम्मान गरेको हो ।


उजय शाक्यले विगतदुई दशक देखि विश्वव्यापी ब्राण्डहरुलाई नेपालमा सफलता पूर्वक शुभारम्भ गराउने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा संस्थाले प्रशंसा गरेको छ । सन् २०१५ माशाक्यले प्रकाशित गरेको पुस्तक ब्राण्डसूत्रले उनको विशेषज्ञतालाई थप पुष्टि गर्ने बताइएको छ ।


एशियाभरका प्रतिष्ठित उद्योगीको जमघटमा नियमितउपस्थित रहने शाक्य विज्ञापन तथा ब्राण्डसम्बन्धी पुरस्कारको निर्णायक र वक्ताको रूपमा सक्रिय रहँदै आएका छन् । अवार्ड समारोहमाशाक्यले उपभोक्ता र तिनका समस्या समाधानमा मार्के टिङले साथ दिनु पर्नेमा जोड दिए । उनले मार्केटिङमा प्रविधिसँगै मानवीयता पनि महत्त्वपूर्ण हुने बताए ।

प्रतिकृया