• २१ भदौ २०८३, आइतबार
  • ९ः५५ राती

प्रधानमन्त्री प्रचण्डको न्युयोर्क भ्रमण मन्त्रिपरिषदबाट स्वीकृत

प्रकाशित मिति

२०८० भाद्र ६ गते, बुधबार ११:४५

भदौ ६, २०८० काठमाडौँ : मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री पुष्पमल दाहाल ‘प्रचण्ड’को नन्युयोर्क भ्रमण स्वीकृत गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री नेतृत्वको प्रतिनिधि मण्डलको न्युर्योक भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

National Life

‘प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागीताका लागि भ्रमण स्वीकृत गर्ने निर्णय भएको छ’, बैठकको निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चारमन्त्री समेत रहेकी रेखा शर्माले जानकारी दिइन् ।


प्रधानमन्त्री प्रचण्ड आगामी भदौ ३० गते नेपाली प्रतिनिधमण्डलको नेतृत्व गर्दै त्यसतर्फ जाँदैछन् ।

Classic Tech Desktop

प्रतिकृया