• २० भदौ २०८३, शनिबार
  • ७ः३० बेलुका

पर्यटन मन्त्री सुदन किरातीलाई पितृशोक, प्रधानमन्त्रीले दिए श्रद्धाञ्जली

प्रकाशित मिति

२०८० भाद्र ६ गते, बुधबार ११:०५

भदौ ६, २०८० काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई पितृशोक परेको छ। उनका पिता हर्क बहादुर राईको ७६ वर्षको उमेरमा आज बिहान निधन भएको हाे। वीर अस्पतालमा लामो समयदेखि उपचाररत राई प्यारालाइसिसका बिरामी थिए।


पछिल्लो समय निमोनिया बढेपछि वीर अस्पतालमा भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको थियो। आज बिहान उनको निधन भएको मन्त्री किरातीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

Kamana Sewa

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्यटन मन्त्री सुदन किरातीका बाबु हर्कबहादुर राईलाई श्रद्धाञ्जली दिएका छन्।

Classic Tech Desktop

बुधबार बिहान पुल्चोकस्थित मन्त्री क्वार्टर पुगेर प्रधानमन्त्री प्रचण्डले राईको पार्थिव शरीरमा फूलमाला चढाएर श्रद्धाञ्जली दिएका हुन्। प्रधानमन्त्री प्रचण्डसँगै उपप्रधानमन्त्री पूर्णबहादुर खड्कालगायत मन्त्रीपरिषद्का सदस्यहरू पनि राईलाई श्रद्धाञ्जली दिन पुल्चोक पुगेका थिए।


उनको पार्थिव शरीर आजै भोजपुर लैजाने तयारी छ।

प्रतिकृया