आइसीसी वुमन्स टी-२०: हङकङमाथि नेपालको शानदार जित

प्रकाशित मिति

२०८० भाद्र ५ गते, मंगलवार ०३:०३

368289368 696789479144102 2855651610247265875 n e1692695920645

भदौ ५, २०८० काठमाडौँ : मलेसियामा भएको चार देश सम्मिलित महिला क्रिकेट सिरिजमा हङकङविरुद्धको खेलमा नेपाल ६ विकेटले विजयी भएको छ । हङकङबाट पाएको ८५ रनको विजयी लक्ष्य नेपालले १५.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो ।


नेपालका लागि सम्झना खड्का ३६ बलमा ५ चौका सहित सर्वाधिक ३६ रन बनाउँदै अविजित रहिन् । ओपनरका रुपमा गएकी पूजा महतोले १८ बलमा १६ रन जोडिन् । उनी कप्तान क्यारी चानको बलमा बोल्ड हुन पुगिन् । अर्की ओपनर बिन्दु रावल शुन्यमै क्युरा साहारको बलमा एलबीडब्ल्यू बोल्ड भइन् ।


तेस्रो क्रममा आएकी इन्दुले १३ बलमा ९ रन जोड्दै मरिको हिलको बलमा बोल्ड भइन् । कप्तान रुबिना क्षेत्री २० बलमा १ चौका सहति १० रनमा मार्यम बीबीको बलमा बोल्ड भइन् । सीता राना मगर ८ बलमा २ रनसहित अविजित रहिन् ।


हङकङका लागि कप्तान क्यारी चान, क्युरा साहार, मरिको हिल र मर्याम बीबीले समान एक विकेट लिए ।

प्रतिकृया