• १० असोज २०८३, शनिबार
  • ९ः५३ राती

एसिया कपका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा

प्रकाशित मिति

२०८० भाद्र ४ गते, सोमबार ०१:१३

भदौ ४, २०८० काठमाडौँ : नेपाल क्रिकेट संघले २०२३ मा हुने एशिया कपका लागि नेपाली टोलीको घोषणा गरेको छ । नेपाली क्रिकेट टोलीलाई आगामी बुधबार पाकिस्तान पठाउने तयारी पनि थालिएको छ ।

National Life

प्रतियोगिता पाकिस्तान र श्रीलङ्कामा अगस्ट ३० देखि सेप्टेम्बर १७ सम्म सञ्चालन हुनेछ । नेपाली टोलीले पाकिस्तानमा एक सातालामो तयारी क्याम्पमा अभ्यास गर्नेछ, जहाँ टोलीले पिसिबीले तोकेको टोलीसँग प्रशिक्षण र खेल खेल्नेछ ।


यसपाला एसिया कप पाकिस्तानमा आयाेजना भए पनि भारत सँगका खेल सबै श्रीलङ्कामा हुने छन् ।  प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ। जसमा समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन् भने समूह ‘बी’ मा बंगलादेश, अफगानिस्तान र श्रीलंका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

एसिया कपमा नेपालले घरेलु टोली पाकिस्तानसँग उद्‍घाटन खेल खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। समूह चरणमा नेपालले पहिलो खेलमा पाकिस्तानसँग ३० अगस्ट भदौ १३ गते मुल्तान क्रिकेट स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । नेपालले दोस्रो खेल भारत सँग सेप्टेम्बर ४ (भदौ १८)मा श्रीलंकाकाे पल्लेकेले स्टेडियममा खेल्नेछ ।


एसिया कपका लागि नेपालका १७ सदस्यीय राष्ट्रिय टोली घोषणा भइसकेको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीमा रोहित पौडेल, करण केसी, आसिफ शेख, गुलशन झा, कुशल भुर्तेल, आरिफ शेख, ललित राजवंशी, सोमपाल कामी, भीम शार्की, प्रति जीसी, कुशल मल्ल, किशोर महतो, डी.एस ऐरी, सन्दीप जोरा, सन्दीप लामिछाने, अर्जुन साउद र श्याम ढकाल रहेका छन् ।

प्रतिकृया