• २१ असोज २०८३, बुधबार
  • १०ः०८ बिहान

आई.एम.ई लाइफ इन्स्योरेन्सको छैटौं वार्षिकोत्सवमा वित्तिय जनचेतना मूलक तालीम कार्यक्रम

प्रकाशित मिति

२०८० श्रावण २८ गते, आईतवार ११:२०

२८ श्रावण २०८०, काठमाडौँ :  वित्तिय साक्षरताद्वारा युवा सशक्तिकरण गर्ने उद्देश्यका साथ आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनीले युवादिवसको उपलक्षमा देशैभरि युवालक्षित तालिम कार्यक्रमहरु सम्पन्न गरेको छ । बीमाको क्षेत्रमा साक्षरता बढाउनेका साथै युवाहरुलाई सामान्य वित्तिय ज्ञान दिने उद्देश्यका साथ आई.एम.ई लाइफइन्स्योरेन्सले शनिबार सातवटै प्रदेशका विभिन्न ४१ स्थानहरुमा उपरोक्त तालिम कार्यक्रम गरेको हो ।

National Life

आई.एम.ई लाइफइन्स्योरेन्सको स्थापनाको छैटौं वर्ष पुरा गरेको अवसरमा मुलुकभर उक्त कार्यक्रम गरिएको हो । आई.एम.ई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले बीमा क्षेत्रको समग्र विकास एवं विस्तारको लागि यस्तो कार्यक्रम सञ्चाल नगरिएको जानकारी दिनु भयो ।


मुलुकभर गरिएको वित्तिय जनचेतना मूलक कार्यक्रममा ३ हजार भन्दा बढी युवाहरु सहभागी भए । बीमा कम्पनीले एक ैदिन ३००० भन्दा बढी युवालाई एकैपटक वित्तिय जनचेतना मूलक अभियान गरेको सम्भवतःयो पहिलो पटक हो ।

Classic Tech Mobile
Classic Tech Desktop

भाद्र १ गते आसन्न आफ्नो छैटौं वार्षिकोत्सव मनाउने क्रममा यस अघि आई. एम. ई. लाइफ इन्स्योरेन्सले खिर खाने दिनमा महिला अभिकर्ताहरुको सम्मान कार्यक्रम, आरुष अस्पताल, ललितपुरको समन्वयमा जीवनशैलीजनित रोगहरुको बारेमा अभिकर्ताहरु माझ जनचेतना कार्यक्रम, धरानमा १००० बृक्षा रोपण कार्यक्रम, देशैभरि मानव सेवा आश्रम, बाल आश्रम, ज्येष्ठ नागरिक आश्रम आदिमा सामाजिक उत्तरदायित्वका कार्यक्रम तथा देशैभरि विभिन्न १३ स्थानहरुमा वृहत स्वास्थ्य शिविर कार्यक्रम गरेको थियो ।


आउँदा कार्यक्रमहरुमा भाद्र १ गते जीवन बीमा बारे जनचेतनाका लागि प्रभात फेरी कार्यक्रम तथा देशै भरि रक्तदान कार्यक्रमहरु गरि आफ्नो छैटौं वार्षिकोत्सव मनाउन गइरहेको आई. एम. ई. लाइफइन्स्योरेन्सले सुरक्षा, बचत तथा लगानी लगायतका ग्राहकवर्गका विभिन्न आवश्यकताहरु सँग सम्बन्धित विविध व्यक्तिगत तथा सामूहिक बीमा योजनाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रतिकृया