नेशनल लाईफ इन्स्योरेन्सको ‘एनुअल बिजनेस लिडर्स कन्क्लेभ’ सम्पन्न
प्रकाशित मिति
२०८० श्रावण २४ गते, बुधबार ०४:१५
२४ श्रावण २०८०, काठमाडौँ: नेशनल लाईफ इन्स्योरेन्सको एनुअल बिजनेस लडर्स कन्क्लेभ’ सम्पन्न भएको छ । ‘सिफ्टिङ द पाराडाइम’ नारासहित कम्पनीले चारदिने वार्षिक सम्मेलन एनुअल विजनेस लिडर्स कन्क्लेभ’ पोखरामा सम्पन्न गरेको हो ।
सम्मेलनमा कम्पनीले आर्थिक वर्ष २०७९/८० मा उत्कृष्ट व्यवसाय गर्ने शाखालाई सम्मानसहित पुरस्कृत गरेको छ । कम्पनीको व्यवसायसँग सम्वन्धित पाटोबारे विवेचना गरी आगामी वर्षका लागि स्पष्ट खाका कोर्ने उद्देश्यले कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको सभापतित्वमा सम्मेलन गरिएको थियो ।

सम्मेलन गत बिहीबारदेखि आइतबारसम्म गरिएको हो । सम्मेलनमा कम्पनीका विभागीय प्रमुख, प्रदेश कार्यालय प्रमुख, कर्मचारीलगायत १५० जनाभन्दा बढीको सहभागिता थियो ।

सम्मेलनको समुद्घाटनमा प्रमुख कार्यकारी अधिकृत खत्रीले जीवन बिमा व्यवसाय दिनप्रतिदिन प्रतिष्पर्धात्मक र जटिल हुँदै गइरहेकोमा आफ्नो कार्यदक्षता र मेहनतका साथ व्यवसाय वृद्धि गर्नुपर्ने दायित्व कम्पनीमाथि आएको बताए ।




प्रतिकृया