• 6:35 am

आज नेप्से ४१.०६ अंकले बढ्याे

प्रकाशित मिति

२०८० श्रावण २४ गते, बुधबार ०४:१७

२४ श्रावण २०८०, काठमाडौँ:  आज (बुधबार) नेप्सेमा हरियाली छाएको छ । आज ४१.०६ अंकले नेप्से बढ्दा इन्डेक्स भने २०६०.९१ विन्दूमा कायम हुन पुगेको हो ।


नेप्से बढेपनि आज कारोबार रकम उत्साहजनक देखिएन । आज १ अर्ब ८८ करोड ८३ लाख २६ हजार माथिको कारोबार भएको हो । आज २०० वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १८ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै २ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।


नेप्सेमा बढेसँगै आज आइएमआइ लाइफ इन्स्योरेन्सको कारोबार अब्बल रह्यो । लामो समय पछि नेप्सेमा हरियाली छाएको छ । नेप्से उकालो लागेसँगै म्युचुअल फण्डबाहेक सबै उप सूचकमा हरियाली छाएको छ ।


सेयर बजार बढेसँगै आज हिमालयन लघुवित्तको सेयरमूल्य बढेको छ । आज कम्पनीको सेयर ५९ रुपैयाँले बढेर ६५९ रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, आज सुपरमादी हाइड्रोपावर, मनकामना स्मार्ट लघुवित्त, मन्दाकिनी हाइड्रोपावर र एशियन हाइड्रोपाव फस्र्ट माइक्रो फाइनान्सलगायतका कम्पनीको सेयरमूल्य बढेको छ ।


नेप्सेमा सुधार आँउदा निरन्तर लगानीकर्ताको आकर्षणमा पर्दै आएको आइएमई लाइफको सेयरमा आज पनि लगानीकर्ताहरु झुम्मिएका छन् । त्यस्तै, शिवम् शिमेन्टस, नेपाल रिपब्लिक मिडिया, हिामलयन लाइफ, सोल्टि होटल, अपर तामाकोशी, हिामलयन डिष्टिलरी, एभरेष्ट बैंक, नबिल बैंक, सिईडिबीको सेयरमा लगानीकर्ता झुम्मिएका छन् ।


सेयर बजार बढेपनि सेञ्चुरी डिभेन्चर २०८८ को सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै, लक्ष्मी लघुवित्त, नेपाल रिपब्लिक मिडिया, स्वरोजगार लघुवित्त, एनआईसी एसिया सेलेक्ट फण्डलगायत अन्य कम्पनीहरुको सेयरमूल्य घटेको हो ।

 

प्रतिकृया