• २ असोज २०८३, शुक्रबार
  • ६ः४३ बेलुका

आज प्रतिनिधिसभा बैठक बस्दै

प्रकाशित मिति

२०८० श्रावण २४ गते, बुधबार ०६:४८

२४ श्रावण २०८०, काठमाडौँ : प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद् सचिवालय जनाएको छ । बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।

National Life

त्यसै गरी सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने लगायतका कार्यसूची छन् ।


यता नेकपा एमाले आवको बैठकमा पनि अवरोध गर्ने तयारी गरेकोले कार्यसूची अनुसार बैठक अघि बढ्ने निश्चित छैन ।

Classic Tech Mobile
Classic Tech Desktop

मंगलबार सुन तस्करी प्रकरणबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिए पनि प्रमुख प्रतिपक्षी दल एमालेले नाराबाजी गरेको थियो । सुन प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने माग अघि सार्दै एमालेले संसद् अवरोध गर्दै आएको छ ।

 

प्रतिकृया