• 5:42 am

चाँगुनारायण नगरपालिकाका सबै वडामा डेँगी रोकथाम तथा नियन्त्रण सम्बन्धि अभिमुखिकरण सम्पन्न

प्रकाशित मिति

August 5, 2023

२० श्रावण २०८०, काठमाडौँ: चाँगुनारायण नगरपालिकाका सबै वडाहरुमा डेँगी रोकथाम तथा नियन्त्रण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकोछ । हिजाे चाँगुनारायण नगरपालिका वडा नं १ र २ मा अभिमुखिकरण कार्यक्रम संचालन गरीयो । वडा विपद् व्यवस्थापन समितिका सदस्यहरु, महिला स्वास्थ्य स्वयंसेवीका, रेडक्रस, स्थानीय प्रहरी, सशस्त्र प्रहरी, स्थानीय विद्यालयका शिक्षकहरु, स्वास्थ्य सेवा केन्द्रका प्राविधिकहरु, युवा, महिला समुह तथा संघसस्थाका प्रतिनिधिहरु सम्मिलित कार्यक्रम प्राथमिक स्वास्थ्य केन्द्रको सभाहलमा संचालन गरिएको थियोे ।


अभिमुखिकरण कार्यक्रममा स्वास्थ्य कार्यालयका निमित्त प्रमुख शान्तिराम खतिवडा तथा स्वास्थ्य अधिकृत दिपक अच्छामीले डेँगी रोग, यसका लक्षणहरु, रोकथाम तथा नियन्त्रणका उपाय, उपचार प्रक्रिया र नेपालमा यसको अवस्थाका बारेमा तथ्यांकगत विवरणका प्रस्तुतीकरण गर्नुभएको थियो । अभिमुखिकरण कार्यक्रममा उपस्थित वडा अध्यक्षहरु, चाँगु नगरपालिकाका स्वास्थ्य अधिकृत अनुपसिंह खड्का, स्वास्थ्य संस्थाका प्रमुख लगायत सहभागिहरुले आफ्ना सुझाब सहित रोकथाम तथा नियन्त्रण सम्बन्धि धारणाहरु राख्न्भएको थियो ।


वडा नं २ का वडाध्यक्ष सोम प्रधानले समुदायका मानिसहरुले सरसफाई सम्बन्धि ब्यवहार परिवर्तन गर्न सकेमा डेँगी लगायत स्वास्थ्य संग सम्बन्धित रोगहरुबाट धेरै हदसम्म बच्न सकिने बताउनुभयो । उहाँले वडाको नेतृत्वमा आइसेट नेपाल र डिसिएको सहयोगमा चाँगुनारायण नगरपालिकाको सहकार्य र समन्वयमा संचालित नेक्सस परियोजनाको सहयोगमा बृक्षारोपण तथा सरसफाई भइरहेको जनाउनुहुँदै स्थानीय संघसंसथाको सहकार्यमा राष्ट्रका लागि २ घण्टा अभियान संचालन गरी नगरपालिका सरसफाईको अभियान अगाडी बढिरहेको बताउनुभयो । उहाँले सहभागिहरुलाई भोली शनिबार विहान वडा नं २ मा हुने बृक्षारोपण कार्यक्रममा सहभागि हुन पनि अनुरोध गर्नुभयो ।


वडा नं १ का वडा अध्यक्ष सिजन कार्कीले नगर प्रमुख जीवन खत्रीको संयोजकत्वमा गठित नगरस्तरीय द्रुत प्रतिकार्य समितिको बैठकको निर्णयानुसार नगरपालिका र वडास्तरमा द्रुत प्रतिकार्य टोली गठन गरी डेँगी रोकथाम तथा नियन्त्रणका गतिविधिहरु संचालन भइरहेको बताउनुुहुदै डेँगी रोकथाम तथा नियन्त्रणका लागि समुदायका सबै संघसंस्था, युवा क्लव, महिला समुह, सहकारी, युवा, विद्यार्थी, सुरक्षा निकाय तथा स्वास्थ्य संस्थाको सहकार्य गरी आवश्यक गतिविधिहरु संचालन गरीने बताउनुभयो ।


कार्यक्रममा चाँगुनारायाण नगरपालिकाका विपद् जोखिम न्यूनीकरण परामर्शदाता दिनेश थापाले मनसुनजन्य विपद्को बारेमा जानकारी गराउनुहुँदै पहिरो लगायतका विपद्मा नगरपालिकाका तर्फबाट भइरहेको जोखिम न्यूनीकरणका कार्यहरु र डेँगी रोकथाम र नियन्त्रणका बारेमा नगरपालिकाको गतविधिहरु र थप तयारीका बारेमा सहभागिहरुलाई जानकारी गराउनुभएको थियो । कार्यक्रममा वडा अध्यक्षको नेतृत्वमा स्वास्थ्य केन्द्रका प्रमुखको संयोजनमा नेपाल सरकार स्वास्थ्य मन्त्रालयले तयार गरेको निर्देशिका बमाेिजम साविकको वडा अनुसार द्रुत प्रतिकार्य टोली पनि गठन गरियो ।


चाँगुनारायण नगरपालिकाले स्थानीय एफ.एम तथा रेडियो तथा सामाजिक सञ्जालबाट डेँगी रोकथाम तथा नियन्त्रण सम्बन्धि जनचेतनामूलक संदेश प्रशारण गरिरहेको छ भने पर्चा तथा पम्पलेट महिला स्वास्थ्य स्वयंसेवीका मार्फत समुदायमा वितरण गरिरहेकोछ । साथै डेँगीको रोकथाम र नियन्त्रणका लागि खोज तथा नष्ट गर्ने कार्यका लागि तयारी गरीरहेकोेछ ।

प्रतिकृया