• २ असोज २०८३, शुक्रबार
  • १२ः२१ दिउँसो

आजको मौसम : केही स्थानमा वर्षा भइरहेको

प्रकाशित मिति

२०८० श्रावण ११ गते, बिहीबार ०७:०१

११ श्रावण २०८०, काठमाडौँ : अहिले बागमती, गण्डकी, लुम्बिनी, कर्णालीका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । आज दिउँसो पहाडी भूभागका केही स्थान, तराईका र अन्य भूभागाका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

National Life

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि लामिछानेले जानकारी दिए। आज दिउँसो काठमाडौं उपत्यकामा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।


आज राति पहाडी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने कोशी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको लामिछानेले बताए।

Classic Tech Mobile
Classic Tech Desktop

भारी वर्षका कारण हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिकृया