• १२ असोज २०८३, सोमबार
  • १०ः२८ बिहान

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

प्रकाशित मिति

२०८० असार ३१ गते, आईतवार ०४:१७

३१ असार , २०८०, काठमाडौं : आज (आइतबार) नेप्से परिसूचक १२.१६ अंकले बढेको छ । नेप्से १२.१६ अंकले बढ्दा नेप्से इन्डेक्स २०९७.०९ विन्दुमा पुगेको हो ।

National Life

नेप्से बढेपनि आज कारोबार रकम खुम्चिएको छ । आज २ अर्ब ३७ करोड ६४ लाख २७ हजार माथिको कारोबार भएको हो ।


आज ९३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ११७ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । नेप्सेमा बढेसँगै आज शिवम् सिमेन्टको कारोबार अब्बल रह्यो ।

Classic Tech Mobile
Classic Tech Desktop

बजार १२.१६ अंकले बढेसँगै शिवम सिमेन्टको कारोबार सर्वाधिक भएको छ । कम्पनीको १९ करोड रुपैयाँको सेयर खरिद बिक्री भएको छ । आज हिमालयन लाइफ इन्स्योरेन्सको सेयर प्रतिकित्ता ५०६ रुपैयाँका दरले १५ करोड रुपैयाँको कारोबार भएको छ ।


त्यस्तै, आज माउण्टेन इनर्जी नेपाल, हिमालयन एभरेष्ट इन्स्योरेन्स, एशियन लाइफ इन्स्योरेन्सलगायत अन्य कम्पनीहरुको सेयर कारोबार सर्वाधिक भएको छ ।


आज एक कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । आइतबार सनराइज फोकस्ड फण्ड, एनआइबीएल ग्रोथ फण्ड, सानिमा ग्रोथ फण्डको सेयरमा सकरात्मक सर्किट लागेको हो ।


साथै, सिटिजन म्युचुअल फण्डको ९.८३ प्रतिशत, माछापुच्छ्रे बैंक डिभेञ्चरको ९.४१ प्रतिशत, गरिमा विकार लघुवित्तको ९.३१ प्रतिशत, कुमारी इक्विटी फण्डको ८.५४ प्रतिशतले सेयर मूल्य बढेको छ ।


सेयर बजार सामान्य अंकले बढेपनि लिबर्टी इनर्जी कम्पनीको सेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । कम्पनीको सेयरमूल्य ५.९६ प्रतिशत अर्थात १५ रुपैयाँले घटेर २४४ रुपैयाँमा कारोबार भएको छ ।


त्यस्तै, मक्कर जितुमाया हाइड्रोपावर, मन्जुश्री फाइनान्सको डिभेन्चर, हिमालयन हाइड्रोपावर लगायत अन्य केही कम्पनीहरुको शेयरमूल्य घटेको छ ।

प्रतिकृया