• १३ असोज २०८३, मंगलबार
  • ३ः४४ दिउँसो

चालक वा एयरलाइन्सको गल्ती देखाएर राज्यले उन्मुक्ति पाउन सक्दैन : सांसद सोविता गौतम

प्रकाशित मिति

२०८० असार ३१ गते, आईतवार ०३:५७

३१ असार , २०८०, काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले नेपालको हवाई क्षेत्र असुरक्षित देखिनुमा नियामक निकायको असक्षमता भएको बताएकी छन् । सोलुखुम्बुको लिखुपिकेस्थित लामजुराडाँडामा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनाको प्रसंगमा उनले नियामक निकायको असक्षमता भएको उल्लेख गरेकी छन्।

National Life

‘सुरक्षित मानिने हवाई यातायात नेपालमा सबैभन्दा असुरक्षित देखिएको छ। उडान सुरक्षाको अवस्था निरन्तर ओरालो लागेको छ,’ प्रतिनिधि सभामा आइतबार बोल्दै उनले भनिन्, ‘यो नियामकीय असक्षमता हो।’


उनले पछिल्लो समयमा भएका दुर्घटना र त्यसले पुर्‍याएको मानवीय क्षतिको समाचार पढेर सुनाएकी थिइन्। यस्ता दुर्घटनापछि गरिने छानबिनले चालक र एयरलाइन्सको गल्ती देखाउने गरेको भन्दै यसरी गल्ती देखाएर राज्यले उन्मुक्ति पाउन नसक्ने पनि उनले बताइन्।

Classic Tech Mobile
Classic Tech Desktop

उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई प्रश्नसमेत गरेकी छन्।


‘चालक वा एयरलाइन्सको गल्ती देखाएर राज्यले उन्मुक्ति पाउन सक्दैन। यदी त्यस्तो हुने हो भने अन्यत्र पनि जहाज खसेको खस्यै हुने थिए होलान् नि ! तर एयरलाइन्स नै जवाफदेही हुने भए यो नियामक निकाय किन चाहिएको? म मन्त्रीज्यूसँग प्रश्न गर्न चाहान्छु,’ उनले भनिन्।

प्रतिकृया