• १२ असोज २०८३, सोमबार
  • ३ः४९ राती

मकवानपुरका स्थानीय तहहरूले साउन १ बाट सुर्तीजन्य पदार्थ निषेध गर्दै

प्रकाशित मिति

२०८० असार ३१ गते, आईतवार ०४:३७

३१ असार , २०८०, काठमाडौं : आर्थिक वर्ष २०८०/८१ को पहिलो दिन साउन १ गतेबाट मकवानपुरका स्थानीय तहहरूले सुर्तीजन्य पदार्थ निषेध गर्ने भएका छन् ।

National Life

मकवानपुरको बकैया गाउँपालिकाले साउन १ गतेबाट सुर्ती र मदिरा सेवनमा रोक लगाउने तयारी गरेको छ । गाउँपालिकालाई लागूऔषध मुक्त गाउँपालिकाका रूपमा स्थापित गर्न लागू औषधसहित सुर्ती र मदिरा सेवनमा पनि निषेध गर्न लागिएको गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले बताए ।


‘लागू पदार्थ मुक्त गाउँपालिकाका रूपमा स्थापित गर्न गाउँ कार्यपालिकाको निर्णय अनुसार कानुनद्वारा निषेधित र नियन्त्रित लागूपदार्थहरूमा प्रतिबन्ध लगाइएको छ । गाँजा, चरेस, अफिम, भाङ, सुईद्वारा प्रयोग गरिने लागू पदार्थ, ट्याबलेटको माध्यमबाट प्रयोग गरिने लागू पदार्थ, पाउडरको माध्यमबाट प्रयोग गरिने लागूपदार्थ पूर्ण रूपमा निषेधित गर्न लागिएको बताइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

मदिराजन्य लागू पदार्थ जाँड, रक्सी, छ्याङ, तुम्बा, निगारलगायत निषेध गरिएको विज्ञप्तिमा भनिएको छ । १ गतेबाट बकैया गाउँपालिकाको क्षेत्रभित्र ओसारपसार, बिक्री वितरण, तथा प्रयोग गर्न पूर्ण रूपमा निषेध गरिएको सूचनामा उल्लेख छ । सूचनाको बेवास्ता गरेमा कानुन बमोजिम कारबाही हुने लामिछानेले बताए ।


गाउँपालिकाले बकैया गाउँपालिका भित्र सार्वजनिक पद धारण गरेका व्यक्तिहरू, जनप्रतिनिधि र कर्मचारी तथा शिक्षकलगायतले सूचनाको बेवास्ता गरी लागू पदार्थको प्रयोग गरेको पाइएमा दोब्बर सजाय हुने सूचनामा उल्लेख छ ।


यसैगरी हेटौंडा उपमहानगरपालिकाले पनि १ गतेबाट सुर्ती र मदिरा निषेध गर्ने तयारी गरेको छ । तर, उपमहानगरपालिकाले भने यसबारे कार्यविधिको अन्तिम रूप दिन नभ्याएको बताइएको छ । यसैगरी जिल्लाको मनहरी, मकवानपुरगढी गाउँपालिकाहरूले पनि १ गतेबाटै सुर्तीजन्य पदार्थ निषेध गर्ने भएको छ ।

प्रतिकृया