एसिसी इमर्जिङ टिम्स कप आजबाट, नेपालको खेल भोलि
प्रकाशित मिति
२०८० असार २८ गते, बिहीबार ११:०७
२८ असार २०८०, काठमाडौँ: एसिसी इमर्जिङ टिम्स कप बिहीबार(आज)बाट श्रीलंकामा सुरु हुँदैछ। प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको पहिलो दिन श्रीलंका र बंगलादेशको ‘ए’ टिमले प्रतिस्पर्धा गर्दैछन्। त्यस्तै, अर्को खेलमा अफगानिस्तान र ओमानको ‘ए’ टिम एक-अर्काविरुद्ध भीड्दै छन् ।
एसिसी इमर्जिङ टिम्स कपमा नेपाल बाहेक बाँकी सबै ७ टिमले ‘ए’ टिमलाई सहभागिताका लागि श्रीलंका पठाएका छन् । नेपालले पनि नियमित टिममा केही खेलाडी हेरफेर गरेपनि आफ्नो राष्ट्रिय टिमनै श्रीलंका पठाएको छ। नेपालले एसियाकपको तयारीका लागि राष्ट्रिय टिमनै पठाएको जनाएको छ ।
जिम्बाब्वे विश्वकप छनोटमा गएको टिमका पाँच खेलाडी अहिले टिममा छैनन्। जहाँ नयाँ अन्य खेलाडीलाई अवसर दिइएको छ । टोलीमा ज्ञानेन्द्र मल्ल, आरिफ शेख, करण केसी, सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरी अहिले टिममा छैनन्। दीपेन्द्र र सन्दीपले क्यानडमा हुने ग्लोबल टी-२० का कारण टिममा नरहँदा आरिफले टिम घोषणा भएपछि घरायसी कारण देखाएर नाम फिर्ता लिएका थिए। ज्ञानेन्द्र र करणलाई भने यो पटक टिममा बोलाइएन ।
समूह ‘बी’मा रहेको नेपाले आफ्नो खेलमा १४ जुलाईमा पाकिस्तानसँग खेल्दा १७ जुलाईमा भारत र १९ जुलाईमा युएइसँग खेल्ने कार्यतालिका रहेको छ ।







प्रतिकृया