• ९ असोज २०८३, शुक्रबार
  • ७ः०३ बेलुका

नेपालले जिम्बाबेलाई दियो दुई सय ९१ रनको लक्ष्य

प्रकाशित मिति

२०८० असार ३ गते, आईतवार ०५:०३

३ असार २०८०, काठमाडौँ : आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगितामा नेपालले घरेलु टिम जिम्बावेलाई २९१ रनको लक्ष्य दिएको छ। जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा घरेलु टिमले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेटको क्षतिमा २९० रन जोड्यो। यो नेपालको एकदिवसीय खेलमा तेस्रो ठूलो स्कोर हो।

National Life

सुरुवाती दुई ओभरमा रन जोड्न नसके पनि नेपालले खेलमा उत्कृष्ट सुरुवात गरेको थियो। कुशल भुर्तेल र आसिफ शेखले नेपालका लागि अर्धशतक प्रहार गर्दै ३१.५ ‌ओभरमा पहिलो विकेटका लागि १७१ रनको कीर्तिमानी साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाए। यो साझेदारी नेपालका लागि एकदिवसीय खेलमा समग्र विकेट र पहिलो विकेटका लागि कीर्तिमानी साझेदारी हो।


दुर्भाग्यवस ९९ रनमा आउट हुन पुगेका कुशलले ९५ बलमा १३ चौका र २ छक्का प्रहार गरेका थिए। तर उनी टेस्ट टिमविरूद्ध शतक बनाउने ऐतिहासिक अवसरबाट भने चुके। शतक बनाउन एक रन बाँकी रहेको अवस्थामा कुशल मासाकाड्जाको बलमा बोल्ड हुन पुगेका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

अर्का ओपनर आसिफ शेखले ६६ रन जोडे। उनले १०० बलमा ७ चौका हिर्काए। उनलाई पनि माजाकाड्जाले नै क्याच गराए।

त्यसपछि कप्तान रोहित पौडेल र कुशल मल्लले नेपालको इनिङ उकासे। दुईबीच तेस्रो विकेटका लागि ६७ रनको साझेदारी भयो।


रोहित २९ बलमा ५ चौकाको मद्दतमा ३१ रन जोडेर आउट भए। यस्तै कुशल मल्लले ४२ बलमा २ चौका र ३ छक्काको मद्दतमा ४१ रन जोडे। आरिफ शेख १० रनमा आउट पेभिलियन फर्के भने गुल्सन झाले १३ रन जोड्न सके। लगत्तै भीम सार्की डकआउट भए। दीपेन्द्रसिंह ऐरी अन्तिम दुई बल खेल्न बाँकी छदा ६ रनमै आउट भए।


बलिङमा जिम्बावेका गाराभाले ४ विकेट लिए। उनले ९ ओभरमा १ मेडन राख्दा ४३ रन खर्चिए। मासाकाड्जाले २ विकेट हात पारे। मासाकाड्जाले १० ओभरमा ४२ रन खर्चिदा ३१ बल डट फ्याँकेका थिए।

प्रतिकृया