• 8:07 am

शरणार्थी प्रकरणमा फरार लक्ष्मी महर्जन पक्राउ

प्रकाशित मिति

२०८० जेष्ठ १२ गते, शुक्रबार ०४:२२

१२ जेठ २०८०, काठमाडौँ: नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकी लक्ष्मी महर्जन पक्राउ परेकी छन् । प्रहरी परिसर टेकुका प्रवक्ता एसपी सीताराम रिजालले महर्जनलाई आज पक्राउ गरी अदालतमा बुझाइसकेको जानकारी दिए ।


“अदालतमा अभियोगपत्र दायर भइसकेकाले उनको म्याद थमाउन पर्दैन । उनलाई हामीले अदालतको जिम्मा लगाएका छौँ । अरू प्रक्रिया पक्राउ परेकासरह नै हुने छ ।”


उनीसहित यस प्रकरणमा पक्राउ पर्नेहरूको संख्या १७ पुगेको छ । महर्जनसहित ३० जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । अब यस प्रकरणमा १४ जना अभियुक्त फरार छन् ।


उनीहरूविरुद्ध ठगी, किर्ते, राष्ट्रिय हितविरुद्धको कसुर, एकीकृत कसुर र संगठित अपराधमा मुद्दा दायर गरिएको छ । बुधबार मुद्दा दर्ता भएपछि शुक्रबारबाट पक्राउ परेका अभियुक्तहरूको न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बयान लिइँदै छ ।

प्रतिकृया