चेल्सीलाई हराउँदै सिटीले साँट्यो उपाधिको खुसी
प्रकाशित मिति
२०८० जेष्ठ ८ गते, सोमबार ०८:३१

८ जेठ २०८०, काठमाडौँ : प्रिमियर लिगको च्याम्पियन बनिसकेको म्यानचेष्टर सिटीले सोमबार राति चेल्सीलाई घरेलु मैदानमा १-० ले पराजित गर्दै उपाधि सेलेब्रेट गरेको छ । दोस्रो स्थानको आर्सनल नटिङहम फरेस्टसँग पराजित हुँदा सिटीले तीन खेल अगाडि नै उपाधि पक्का गरिसकेको थियो ।
सिटीले पछिल्लो ६ सिजनमा पाँचौ पटक र लगातार तेस्रो पटक प्रिमियर लिग जितेको हो । घरेलु मैदान एतेहाड स्टेडियममा चेल्सी विरुद्ध सिटीका लागि युलियन अल्भारेजले एक गोल गरे ।
प्रतिकृया