• २५ भदौ २०८३, बिहीबार
  • ९ः०१ राती

आजदेखि तीन दिन बदली र वर्षाको सम्भावना

प्रकाशित मिति

२०८० बैशाख ३१ गते, आईतवार ०९:५६

वैशाख ३१, २०८०, काठमाडौँ : हाल देशमा स्थानीय वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

National Life

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।


बंगालको खाडीमा विकसित मोखा चक्रवातसमेतको असरले काठमाडौं उपत्यकासहितका पहाडी जिल्लाहरुमा आजदेखि तीन दिन बदली र वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

मोखा चक्रवातको प्रभाव नेपालको पूर्वी भागमा बढी र पश्चिमी भागमा कम पर्ने पूर्वानमान छ । तर पश्चिमी भागमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव बढी देखिएको छ । त्यसैले देशभरकै पहाडी भागमा बदली र वर्षा हुने भएकाले केही दिनयताको चर्को घामबाट राहत महसुस हुनेछ ।


काठमाडौं उपत्यकामा आज क्षणिक वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागले सार्वननिक गरेको विभिन्न शहरहरुको सम्भावित मौसमी अवस्थामा पनि अधिकतम तापक्रम घट्ने सम्भावना औंल्याइएको छ । त्यसमा हिजो अस्तीको तुलनामा आज धेरै स्थानहरुमा पानी पर्ने सम्भावना देखाइएको छ ।

प्रतिकृया