• 5:56 pm

नेपालको यू-१७ महिला टिम आज जोर्डनसँग भिड्दै

प्रकाशित मिति

२०८० बैशाख १५ गते, शुक्रबार ११:०६

१५ वैशाख २०८०, काठमाडौँ: एएफसी यू-१७ महिला एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज शुक्रबार जोर्डनको सामना गर्दैछ । नेपालले प्रिन्स मोहमद स्टेडियममा आयोजक जोर्डनको सामना गर्नेछ । नेपाल र जोर्डनबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ ।


समूह एच मा रहेको नेपालले पहिलो खेलमा इरानसँग हार व्यहोरेको थियो । बुधबार भएको खेलमा नेपाल इरानसँग १-० गोल अन्तरले पराजित भएको थियो ।


यस समूहमा नेपाल, जोर्डन र इरान रहेको छ । समूह विजेताले छनोटको दोस्रो चरणमा स्थान बनाउने छ ।

प्रतिकृया