• १२ असोज २०८३, सोमबार
  • ११ः४८ बिहान

नेपालमा दर्ता भयो गुगल

प्रकाशित मिति

२०८० बैशाख ८ गते, शुक्रबार ०२:२६

८ वैशाख २०८०, काठमाडौँ: विश्वकै ठूलो प्रविधि कम्पनीमध्येको गुगल एलएलसी (लिमिटेड लायबिलिटी कम्पनी) नेपालको कर प्रणालीमा दर्ता भएको छ । आन्तरिक राजस्व विभाग अन्तर्गतको ठूला करदाता कार्यालयमा गुगल दर्ता भएको हो । सरकारले चालु आर्थिक वर्ष २०७९/८० को आर्थिक ऐनबाट व्यवस्था गरेको विद्युतीय सेवा कर तिर्ने गरी गुगल दर्ता भएको विभागका प्रवक्ता राजुप्रसाद प्याकुरेल बताए ।

National Life

विभागका अनुसार सिङ्गापुरस्थित क्षेत्रीय कार्यालयका नाममा गुगल दर्ता भएको हो । कम्पनीले नेपालमा नै कार्यालय खोल्ने विषयमा भने केही जानकारी आएको छैन । विद्युतीय सेवा करको प्रशासन हेर्ने गरी विभागले ललितपुरको हरिहरभवनस्थित ठूला करदाता कार्यालयलाई जिम्मेवारी तोकेको गोरखापत्रमा उल्लेख छ ।


सरकारले चालु आर्थिक वर्ष २०७९/८० देखि गैरवासिन्दा व्यक्तिले नेपालका उपभोक्तालाई उपलब्ध गराएको विद्युतीय सेवाको कारोबार मूल्यमा दुई प्रतिशतका दरले विद्युतीय सेवा कर लागू गरेको छ। यसअनुसार गुगलले

Classic Tech Mobile
Classic Tech Desktop

नेपालका उपभोक्तालाई सेवा प्रदान गरेर आर्जन गरेको कुल आम्दानीको दुई प्रतिशत रकम अबदेखि नेपालमा बुझाउनुपर्नेछ । यद्यपि गुगलले नेपालबाट गर्ने वार्षिक आम्दानीको सरकारसँग आधिकारिक तथ्याङ्क भने छैन।गोरखापत्रमा प्रकाशित समाचार छ ।

प्रतिकृया