नेपाल एसीसी प्रिमियर कपमा ओमानविरुद्ध ५४ रनमा गुमायो तेस्रो विकेट
प्रकाशित मिति
२०८० बैशाख ८ गते, शुक्रबार ११:०१
८ वैशाख २०८०, काठमाडौँ: नेपालले एसिसी प्रिमियर कपमा ओमानविरुद्ध तेस्रो विकेट गुमाएको छ। एसिसी प्रिमियर कप अन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपाल ओमानविरुद्ध टस हारेर पहिले ब्याटिङ गरिरहेको छ । ओमान विरुद्ध खाता नखोल्दै दुई विकेट गुमाएको नेपालले ५४ रनमा तेस्रो विकेट गुमाउन पुगेको छ। कप्तान रोहित पौडेललाई २३ रनमा आउट भए ।
पौडेलले ३४ बल खेल्दै २३ रन बनाउँदा फायज बटको बलमा आउट भए । उनी १७.१ ओभरमा आउट भएका हुन्। उनले तेस्रो विकेटका लागि भीमसँग ५४ रनको साझेदारी गरे । त्यसअघि खराव सुरुवातको सिकार भएको नेपालले रन नजोड्दै दोस्रो विकेट गुमाएका थिए । दोस्रो विकेटका रुपमा ओपनर आसिफ शेखलाई शुन्य रनमा गुमाएको थियो । उनी कलेमुल्लाहको बलमा बोल्ड भएका थिए ।
त्यसअघि कुशल भुर्तेललाई नेपालले शून्य रनमा गुमाएको थियो । शेख ३.४ ओभरमा आउट हुँदा भुर्तेल २.२ ओभरमा बिलाल खान द्वारा एलबि डब्लु आउट भए। नेपालले पाँचौ ओभरमा मात्र खाता खोलेको थियो ।
अहिले क्रिजमा भीम सार्की ५२ बलमा ३१ रन बनाएर खेलिरहँदा आरिफ शेख ८ रन बनाएर खेलिरहेका छन्
प्रतिकृया