• ९ असोज २०८३, शुक्रबार
  • ७ः३३ बेलुका

नेपालका सुमनले पोर्चुगलको राष्ट्रिय क्रिकेट टोलीमा बनाए स्थान

प्रकाशित मिति

२०७९ चैत्र २८ गते, मंगलवार ०५:३२

२८ चैत्र २०७९, काठमाडौँ: नेपाली मुलका सुमन घिमिरेले पोर्चुगलको राष्ट्रिय क्रिकेट टोलीमा स्थान बनाएका छन् । पोर्चुगलले जिब्राल्टरसँगको तिन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिजमा अलराउण्डर सुमनले १५ सदस्यीय टोलीले टोलीमा स्थान बनाएका हुन् ।

National Life

जिब्राल्टर भ्रमणमा रहेको पोर्चुगलले तिन खेलको सिरिज खेलिरहेको छ। पहिलो खेल १ सय २४ रनले जितेको पोर्चुगलले तेस्रो तथा अन्तिम खेल आज साँझ खेल्दैछ । सुमन पहिलो खेलमा बेन्चमा सिमित थिए।


सुमनले यसअघि पोर्चुगलमा गोर्खा ११ बाट क्रिकेट खेल्दै आएका थिए । सन् २०२१ देखि पोर्चुगलमा खेल खेलिरहेका सुमनले ६३ खेलमा १ सय २३ चौका र ७३ छक्का मद्धतमा १२ सय ४७ रन हानेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

१३ खेलमा बलिङ गरेका उनले २५ ओभरमा १३ विकेट लिएका छन्। यसअघि नेपालको उमेर समुहको बन्द प्रशिक्षणमा डाकिएपनि सुमनले अन्तिम टोलीमा स्थान बनाउन सकेका थिएनन् ।

प्रतिकृया