• ९ असोज २०८३, शुक्रबार
  • ४ः०५ बेलुका

ह्याट्रिकसहित मेसीले पूरा गरे एक सयौँ अन्तर्राष्ट्रिय गोल

प्रकाशित मिति

२०७९ चैत्र १५ गते, बुधबार ११:१७

१५ चैत्र २०७९, काठमाडौँ: अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले अन्तर्राष्ट्रिय फुटबलमा १०० गोलको कोसेढुङ्गा पार गरेका छन् । बुधबार बिहान भएको मैत्रिपूर्ण खेलमा अर्जेन्टिनाले कुराकाओमाथि ७-० को फराकिलो जित निकाल्दा मेसीले कीर्तिमानी गोल गरेका हुन् । पहिलो हाफमा ५ गोलको अग्रता बनाएको अर्जेन्टिनाका लागि मेसीले २० औँ मिनेटमा पहिलो गोल गरेका थिए। उनले पहिलो गोल गरेको १७ मिनेटभित्र ह्याट्रिक पूरा गरे ।

National Life

त्यस्तै उसका लागि निकोलस गोन्जालेज, एन्जो फर्नान्डेज, एन्जल डि मारिया र गोन्जालो मोन्टिएलले समान १-१ गोल गरेका थिए। पहिलो हाफमा ५ गोल गरेको अर्जेन्टिनाले दोस्रो हाफमा दुई गोल थपेको थियो ।


खेलमा मेसीले २०औँ मिनेटमा पहिलो गोल गर्दा २३ औँ मिनेटमा गोन्जालेजले दोस्रो गोल गरका थिए। त्यसपछि मेसीले ३३ र ३७औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। मेसीको यो करिअरको ५७ औँ ह्याट्रिक हो। मेसीले १०२ गोल संख्या पुर्याउँदा उनीभन्दा अघि पोर्चुगलका क्रिष्टियानो रोनाल्डोले १२२ गोलका साथ शीर्ष स्थानमा रहँदा इरानका अली दाईले १०९ गोल गरेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

अर्जेन्टिनाका लागि दोस्रो हाफमा ७८औँ मिनेटमा एन्जल डि मारियाले पेनाल्टीमा गोल गर्दा ८७औंँ मिनेटमा गोन्जालो मोन्टिएलले गोल गर्दै अर्जेन्टिनालाई फराकिलो जित दिलाए ।

प्रतिकृया