• ३१ भदौ २०८३, बुधबार
  • ११ः०९ राती

विमाको व्यवस्था नभएकाले सवारी दुर्घटनाका घाइतेको निःशुल्क उपचार व्यवस्था गर्न खतिवडाको माग

प्रकाशित मिति

२०७९ चैत्र १२ गते, आईतवार ०२:२६

१२ चैत्र २०७९, काठमाडौँ: नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सवारी दुर्घटनामा परी घाइते भएकाहरुलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले ओखलढुंगाका २ वटा सवारी साधन दुर्घटनामा परी ८ जनाको ज्यान गएको र घाइते भएकाहरुको खर्चको अभावमा उपचार गर्न कठिनाई भइरहेको दृष्टान्त पेस गर्दै सरकारसँग सो माग गरेका हुन् ।

National Life

सांसद खतिवडाले सबै बसहरुमा यात्रुहरुका लागि स्वास्थ्य विमाको व्यवस्था गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए । उनले भने, ‘सवारी दुर्घटनामा परेर घाइते भएकाहरुलाई सरकारले निशुल्क उपचारको व्यवस्था मिलाओस् भनेर म माग गर्न चाहन्छु । ओलखढुंगामा जीप र बस दुर्घटनामा परी घाइते भएकाहरुको उपचार गर्न सक्ने अवस्था भएन ।


बसको विमाको व्यवस्था नभएकाले पनि उपचार खर्चको अभाव छ । त्यसैले बसका यात्रुहरुलाई विमाको व्यवस्था गरेर सम्पूर्ण उपचार गर्ने व्यवस्था सरकारले गरोस् भनेर आग्रह गर्न चाहन्छु ।’

Classic Tech Mobile
Classic Tech Desktop

सांसद खतिवडाले उच्च तहका व्यक्तिहरुलाई भने राज्यले स्वास्थ्य उपचारको नाममा ठूलो धनराशी खर्च गर्दै आएको तर सर्वसाधारणले भने खर्चको अभावमा उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्न सरकारले ढिलाई गर्न नहुने बताए ।

प्रतिकृया