• १ असोज २०८३, बिहीबार
  • १२ः४५ राती

अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्रको विश्वास जित्न जरुरी छ : संसदमा शेखर कोइराला

प्रकाशित मिति

२०७९ चैत्र १२ गते, आईतवार ०२:४६

चैत १२, २०७९, काठमाडौँ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुक गम्भीर बिरामी अवस्थामा रहेको बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उद्यम गर्नेहरु हतास मनस्थितिमा देखिएको, कर तिर्नेहरु निराश रहेको, व्यापारिक शहरहरु उजाड देखिएको भन्दै मुलुक गम्भीर बिरामी भएको बताएका हुन् ।

National Life

‘मैले कर तिर्ने बर्ग निराश भएको पाएँ, यहीँ उद्यम गरेर टिक्न खोज्नेहरु हतास मनसिस्थतिमा रहनु हाम्रो राष्ट्र सिकिस्त बिरामी भएको अवस्था हो’, उनले भने, ‘सबैको ब्यापार घटेको छ । ब्यापार घटेपछि उद्योगको उत्पादन घट्नु सामान्य हो । ब्यापारिक शहर उजाड हुँदैछन् । भर्खरै प्राप्त जनगणना अनुसार काम गर्ने उमेरका एक तिहाइ नेपाली केही पनि आर्थिक उपार्जन गर्दैनन्। यो भन्दा भयावह परिस्थिति के हुन सक्ला ?’


संघीयताप्रति वितृष्णा चुलिँदो रहेको भन्दै नेता कोइरालाले यो राजनीतिक असफलताको पहिलो खुट्किलो भएको बताए । उनले अब ढिलो नगरी नागरिकको चाहना अनुसार संसद, सरकार र प्रतिपक्षी दलहरु एक ठाउँमा उभिनुपर्ने धारणा राखे ।

Classic Tech Mobile
Classic Tech Desktop

कोरोना महामारी र विश्वमा फरक शैलीमा आएको शीतयुद्ध र हाम्रो अर्थतन्त्रमा गर्नुपर्ने सुधारको कमीका कारण अर्थतन्त्रले गति लिन नसकेको भन्दै उनले अत्यधिक फजुल खर्चले अर्थतन्त्र समस्यामा रहेको पनि बताए । ‘अर्थतन्त्रको मुख्य आधार विप्रेषण मात्र भएको छ । यसले हाम्रो अर्थतन्त्र जोगाएको मात्र छैन, श्रीलंका र पाकिस्तानतिर जान पनि रोकिरहेको छ’ उनले भने, ‘विप्रेषणको माध्यमबाट चीरकालसम्म जोगाउन सम्भव छैन ।’


चालु आर्थिक वर्षको चैत ११ गतेसम्म सरकारको खर्च र आम्दानीमा झण्डै २ सय अर्बको खाडल देखिएको भन्दै कोइरालाले पुँजीगत खर्च मात्र नभई चालु खर्चकै लागि ऋण लिनुपर्ने बाध्यता रहेको सुनाए । ‘देशको सबल अर्थतन्त्रका लागि फजुल खर्च घटाउन समयम समयमा बनेका प्रतिवेदन कार्यान्वयन गर्न राजनीतकि सहमति कायम गरेर अघि बढौं’ उनले भने ।
अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्रको विश्वास जित्न जरुरी रहेको पनि कोइरालाले बताए ।

प्रतिकृया