• १८:३१ २०८० चैत्र १५ गते
  • 6:31 pm

पदम लिम्बुलाई सहिद घोषणा गर्न सांसद अशोक राईको माग

प्रकाशित मिति

२०७९ चैत्र १२ गते, आईतवार ०१:५७

336607336 957944645385961 777348463983332908 n e1679818317218

१२ चैत्र २०७९, काठमाडौँ: जनता समाजवादी पार्टीका सांसद अशोक कुमार राईले प्रदेश नम्बर १ को नाम कोशी नाम राखिएपछि भएको आन्दोलनमा मृत्यु भएका पदम लिम्बुलाई सहिद घोषणा गर्न माग गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा सभामुखसँग समय लिएर बोल्दै सांसद राईले प्रदेश नम्बर १ को नाम कोशी राखिए पछि तीव्र विरोध भएको उल्लेख गरे । सो विरोधको क्रममा भएको आन्दोलनमा पदमकुमार लिम्बुको टाउकोमा गम्भीर रूपमा ढङ्गले चोट लाग्न पुगेको र उनको मृत्यु भएको प्रति सरकारको ध्यानाकर्षण गराए ।


उनले यस्ता घटनाहरूको सिलसिला नरोकिएको उल्लेख गरे । उनले मधेस आन्दोलनका क्रममा २९ जनाले ज्यान गुमाएको स्मरण गर्दै अधिकार माग्दा ज्यान लिने घटना ज्यादै निन्दनीय रहेको बताए । उनले यस्ता घटनाहरू रोक्न र मृतकलाई सहिद घोषणा गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिकृया